राष्ट्रिय सहकारी महासंघको वागमती प्रदेश समन्वय उपसमितिको प्रथम बैढक काभ्रेको धुलिखेलमा आज सम्पन्न भएको छ । वागमती प्रदेश समन्वय उपसमितिका संयोजक तथा महासंघका संचालक डि.वि. वस्नेतको अध्यक्ष्यतामा सम्पन्न उक्त बैठकले सवै संघहरुले मंशीर महिनाभित्र नियमित साधारण सभा सम्पन्न गर्ने, कर्मचारी र कार्यालय व्यवस्थापन नभएका जिल्ला संघले ३ महिनाभित्र व्यवस्थापन गर्ने, संघ प्रवद्र्धनका लागि महासंघले आवश्यक योजना तथा वजेटको व्यवस्थापन गर्न प्रदेश सरकारसंग लविंग गर्ने, आगामी आर्थिक वर्षका लागि सवै संघले कम्तीमा १० वटा योजना वनाई महासंघमा पेश गर्ने लगायतका १५ वटा निर्णयहरु पारित गरेको छ ।
बैठकको समापनमा संक्षिप्त मन्तव्य राख्दै महासंघका अध्यक्ष मिनराज कडेलले यस वर्षको थिम मर्यादित व्यवसाय र प्रविधिमा सहकारी तथा महासंघको दुरदृष्टि दिगो एवं मर्यादित सहकारी अभियानको नेतृत्वदायी महासंघका लागि अभियानमा चुनौती भएतापनि सवैको सहकार्यमा हासिल गर्न सकिने कुरामा जोड दिनुभएको थियो । यसै गरी महासंघका निवर्तमान अध्यक्ष केशव वडालले महासंघले अगाडि सारेका नीति तथा कार्यक्रममा सदस्य संघहरु ऐक्यवद्ध हुनुपर्ने कुरामा जोड दिंदैं सहकारीको दर्शनलाई टेकेर संघ संस्था संचालन गर्नुपर्र्ने विचार व्यक्त गर्नुभयो । सहकारी क्षेत्रको पूजीलाई मूल्य श्रृखलामा जोडनुपर्ने कुरामा जोड दिंदै सो का लागि संघहरुको भूमिका महत्वपूर्ण हुने विचार उपाध्यक्ष रमेश प्रसाद पोखरेलले मन्तव्यका क्रममा वताउनुभयो । कार्यक्रममा महासंघका संचालकद्धय के.वी उप्रेती र गणेश ढकालको समेत सहभागिता रहेको थियो ।
जिल्ला सहकारी संघ लि काभ्रेको संयोजन तथा आतिथ्यतामा भएको उक्त वैठक संघका अध्यक्ष दिलिप शर्माको स्वागत मन्तव्यबाट शुरु भएको र उपसमिति संयोजक डि.वि. वस्नेतले वागमती प्रदेशका सदस्य संघहरुको अध्ययन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहकारी संघहरुको प्रर्वद्धन र विकासमा कसरी अघि वड्न सकिन्छ भन्ने वारे भिन्ना भिन्नै विषयमा महासंघका महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाड्ड सुव्वा, राष्ट्रिय सहकारी बैकका सि.ई.ओ. बद्रि प्रसाद गुरागाई, नेपाल बचत तथा त्रृmण केन्द्रिय सहकारी संघ लि. का सदस्य सेवा प्रमुख दुर्गा प्रसाद ढकाल तथा नेपाल कृषि सहकारी केन्द्रिय संघ लि.का अध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघका संचालक खेम बहादुर पाठकले प्रस्तुती गर्नु भएको थियो ।
वागमती प्रदेश समन्वय समितिको दोश्रो वैठक जिल्ला सहकारी संघ लि. नुवाकोटको आतिथ्यतामा आगामी मंसीर महिनामा नुवाकोटमा वस्ने निर्णय समेत वैठकले पारित गरेको छ ।